काठमाडौं- ९ बाट राप्रपा केन्द्रीय सदस्य देवेन्द्र प्रधान, खुश्बु ओलीसहित ५ जनाको नाम सिफारिस

Thankot Times

थानकोट ।

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य देवेन्द्र प्रधानको नाम काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट सिफारिस भएको छ।

सो निर्वाचनका लागि काठमाडौँ क्षेत्र नंं ९ बाट प्रधानसहित, खुश्बु ओली, इन्दिरा मिश्र, दिलीप कार्की र रघुराज राजभण्डारीको नाम सिफारिस भएको हो।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नं वडा पर्छन् भने चन्द्रागिरि नगरपालिकाको वडा नं १, १२, १३, १४ र १५ पर्छन् भने नागार्जुन नगरपालिकाको वडा नं ६, ७, ८, ९ र १० पर्छन्।

२०७९ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी हुँदा रास्वपाका टेकबहादुर पोखरेल दोश्रो, तत्कालीन गठबन्धनकी उम्मेदवार कल्पना धमला तेस्रो राप्रपाका देवेन्द्र प्रधान चाैथो स्थानमा थिए ।

यो पनि पढ्नुहोस् 

काठमाडौं क्षेत्र नंं ९ मा कांग्रेसबाट जयकृष्ण महर्जनसहित ६ जनाको नाम सिफारिस

 

रास्वपाले काठमाडाैं क्षेत्र नं. ९ मा ‘सरप्राइज’ उम्मेदवार उठाउने भएपछि पोखरेल समानुपातिकमा


Leave a Reply

Your email address will not be published. Required fields are marked *