चन्द्रागिरि नगरका विभिन्न योजनाका लागि ठेक्का स्वीकृत, इटाखेल-मातातिर्थ सडक कालोपत्रे हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले विभिन्न विकास योजना सञ्चालनका लागि आह्वान गरेको ठेक्का स्वीकृत गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै नगरले सडक स्तरोन्नति एवं कालोपत्रे, भवन निर्माण, स्टेशनरी सामाग्री सप्लाइ लगायतको ठेक्का स्वीकृत भएको जनाएको हो ।

जसअनुसार इटाखेल-मातातिर्थ सडक स्तरोन्नति एवं कालोपत्रेका कार्यका लागि ५७ लाख २६ हजार २ सय चार रुपैयाँमा ठेक्का स्वीकृत भएको छ ।

यो मूल्य अभिवृद्धि करसहितको रकम हो ।

यस्तै, नैकापस्थित गणेशमान स्मृति पोलिटेक्निक इन्स्टिच्यूटको भवन निर्माणका लागि ६९ लाख ४० हजार ६ सस ५६ रुपैयाँको ठेक्का स्वीकृत भएको छ ।

कुन-कुन योजना भए स्वीकृत, कसले पाए ठेक्का सूचना हेराैं

चन्द्रागिरि नगरले खुलायो भवन निर्माणदेखि सडक निर्माणसम्म करोडाैंको ठेक्का


Leave a Reply

Your email address will not be published. Required fields are marked *