काठमाडाैं क्षेत्र नं. ९ का हाइटेन्सन लाइन पीडितलाई क्षतिपूर्ति दिलाउने रास्वपाको प्रतिबद्धता
थानकोट ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडाैं क्षेत्र नं. ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सो पार्टीका उपसभापति डोल प्रसाद अर्याल (डीपी) ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
मंगलबार उनले सामाजिक सञ्जालमा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
अर्यालले विभिन्न १० शीर्षकमा प्रतिबद्धता समेटेका छन् ।
यो पनि पढ्नुहोस्
काठमाडाैं क्षेत्र नंं १० मा रास्वपाका उम्मेदवार विष्टले सार्वजनिक गरे १६ बुँदे प्रतिबद्धता
जसमा कुलेखानी र मर्स्याङ्दी जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तार हुँदा पीडित बनेका नागरिकहरूका लागि न्यासंगत रूपमा क्षतिपूर्ति दिलाउने प्रतिबद्धता गरेका छन् । यस्तै नैकाप फुटबल ग्राउण्डलाई स्तरोन्नति गर्ने समेत उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
काठमाडाैं क्षेत्र नं. ९ मा रास्वपाबाट उम्मेदवार बनेका सो पार्टीका उपसभापति डोल प्रसाद अर्याल (डीपी) ले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्र पढ्नुहोस्:



















