काठमाडाैं १० बाट एमालेका केही प्रभावशाली नेता पार्टी छाड्दै, पेरिसडाँडामा दुबोको माला तयार

Thankot Times

थानकोट ।

आइतबार बिहानदेखि चन्द्रागिरिसहित काठमाडाैं क्षेत्र नंं १० को राजनीतिक वृत तातिएको छ ।

फागुनको बिहान केही चिसो भएपनि राजनीतिको गर्मीले यस क्षेत्रमा नयाँ तरङ्ग ल्याइदिएको छ ।

काठमाडाैं क्षेत्र नंं १० मा यसअघि नेकपा एमालेबाट महत्वपूर्ण जिम्मेवारी पाइसकेका केही प्रभावशाली व्यक्तिबाट पार्टी परिवर्तन गर्ने विषयले यस क्षेत्रका राजनीतिककर्मीको सामाजीक सञ्जाल रंगिन बनेको छ ।

स्रोतका अनुसार नेकपा एमाले त्याग गरेका ती व्यक्तिहरूको स्वागतका लागि पेरिस डाँडामा विशेष तयारी भइसकेको छ, दिउँसो ३ बजेपछि आधिकारिक रुपमा नै उनीहरू नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रवेश गर्ने क्रममा छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तिथि तोकिएको दिन फागुन २१ आउन अब ११ दिन मात्रै बाँकी रहँदा राजनीतिक दलका नेता कार्यकर्ताबाट भएको दल अदली बदलीको क्रमले यस क्षेत्रमा चुनावी मतपरिणाम नै फेरबदल हुने आकलन हुन थालेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *