नैकापस्थित सान कलेजले मनायो २६औं स्थापना दिवस

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित सान इन्टरनेशनल कलेज स्थापना भएको २६ वर्ष पुगेको छ ।

शनिबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको अडिटरियनमा संयोजित एक विशेष समारोहका बीच क्याम्पस स्थापना दिवस मनाइएको हो ।

चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, वरिष्ठ पाइलट विजय लामा, चन्द्रागिरि नगरपालिका वडा नंं १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री, वडा नंं १४ का वडाध्यक्ष राजभाइ महर्जन, वडा नंं १५ का वडाध्यक्ष घनश्याम लुँइटेल लगायतको उपस्थिति आयोजित कार्यक्रममा कलेजका विद्यार्थीहरूले विविध विधामा नृत्य, अभिनय लगायतको प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सान कलेजबाट पछिल्लो शैक्षिक वर्षमा कक्षा १२, स्नातक तह तथा स्नातकोत्तर तह उत्तीर्ण सयाैं विद्यार्थीहरू दीक्षित गरिएका थिए ।

सो क्रममा पछिल्लो एक वर्षमा क्याम्पसले सञ्चालन गरेका विभिन्न गतिविधिमा उत्कृष्ठ भएका विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *