काठमाडाैं आउँदै गरेको माछापुच्छ्रे ट्राभल्सको यात्रुबस मध्यरातमा त्रिशुलीमा खस्यो, १७ जना यात्रुको मृत्यु

Thankot Times

थानकोट ।

पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

बस राति सवा १ बजे दुर्घटनामा परेको थियो ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाले दिएको जानकारीअनुसार काठमाडौं आउँदै गरेको माछापुच्छ्रे ट्राभल्सको ग १ ख १४२१ नम्बरको बस बेनीघाट, ५ धुन्सेगौडामा दुर्घटनामा परेको हो ।

उनका अनुसार बसमा ४० जना यात्रु थिए ।

१७ जनाको घटनास्थलमै मृत्यु भएको, २३ जना घाइते भएका र एकजना च्यापिएको अवस्थामा फेला परेको उद्धारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।

उनका अनुसार शव अहिले दुर्घटनास्थलभन्दा बाहिर निकालिएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । अस्पताल पठाइएका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको ती प्रहरी अधिकारीले जानकारी दिए

मृत्यु हुनेहरुमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् ।

तस्बिरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *