धादिङ बस दुर्घटनाका घाइते भेट्न कलंकीस्थित अस्पतालमा गृहमन्त्री अर्याल

Thankot Times

थानकोट ।

गृहमन्त्री ओमप्रकाश अर्याल धादिङमा भएको यात्रुवाहक बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार दिउँसो अस्पताल पुगेका छन्।

उनले कलंकीस्थित नेपाल नेसनल अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूसँग भेटवार्ता गरी आवश्यक स्वास्थ्य सेवाका विषयमा जानकारी लिएका थिए।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-५, भैंसिगौडास्थित त्रिशूली नदीमा गएराति करिब १ बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २५ जना घाइते भएका थिए। घाइतेहरूको उद्धार गरी अहिले कलंकीस्थित नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *