शिक्षक तथा कर्मचारी निर्वाचन प्रचार-प्रसारमा सहभागी भए कारबाही हुने

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही हुने जनाएको छ।

केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो आएको आयोगले जनाएको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरेर आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने जनाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *