नेकपाको दुईमहिने जागरण अभियान आजदेखि

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

अभियानको आज दिउँसो साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उद्घाटन हुँदै छ ।

उद्घाटनमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

वालेन्द्र शाह नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको नेकपाले पहिल्यैदेखि नै दसैँलगत्तै आन्दोलनमा जाने बताएको थियो । यो अभियान पनि सरकारलाई दबाब दिन र पार्टीलाई थप बलियो बनाउन भएको नेताहरूले जनाएका छन् ।

अभियानबारे विस्तृत जानकारी उद्घाटन समारोहबाटै सार्वजनिक हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *