नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उनले उद्घाटन गरेसँगै आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु भएको छ । प्रधानमन्त्री शाहले आज बिहानै एनपीएलको तेस्रो संस्करणका लागि शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेल आज साँझ ५ बजेदेखि सुरु भएको हो ।
एनपीएल आगामी ५ मंसिरसम्म सञ्चालन हुनेछ ।














