घरभित्रै पसेर चितुवाले चिथोर्दा ३ जना घाइते

Thankot Times

थानकोट ।

चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् ।

वालिङ नगरपालिका-१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् ।

वालिङ- १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ-१२ का किसान न्यौपाने, वालिङ-१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन् ।

कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा र लक्ष्मी घाइते भएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *