नारी दिवसका दिन १ सय जना महिलालाई २ सय रूपैयाँमा चन्द्रागिरि केबलकारको टिकट

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय नारी दिवसका दिन भोलि बुधबार १ सय जना महिला यात्रुहरूले २ सय रुपैयाँमै चन्द्रागिरि केबलकारको टिकट पाउने भएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी कम्पनीले यस्तो घोषणा गरेको हो ।

चन्द्रागिरि केबलकारका अनुसार बुधबार सर्वप्रथम टिकट लिने १ सय जना महिलाले यो अफर अनुसारको दरमा केबलकारको टिकट खरिद गर्न पाउनेछन् ।

कम्पनीले पछिल्लो १५ दिनदेखी हरेक शुक्रबार साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्म २ सय रूपैयाँमा केबलकारको टिकट उपलब्ध गराउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ