सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो पनि तोलामा तीन सय रुपैयाँले नै बढेर एक लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज पनि स्थिर छ ।
गएको बिहीबारदेखि चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














