चन्द्रागिरि ४ को मत गणना सम्पन्न हुँदा मेयरमा नेपाली काँग्रेसको १४९६ मतको अग्रता
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३ र ४ को मतगणना को मतगणना सकिएको छ ।
पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसले ४५१७ तथा नेकपा एमालेका उम्मेदवारले ३०२१ मत पाएका छन् ।












