निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो आम निर्वाचनको प्रतिवेदन

Thankot Times

थानकोट । 

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बिहीबार बुझाएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए । साथै, निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *