सात वटै प्रदेशका प्रहरी प्रमुख फेरिए

Thankot Times

थानकोट । 

गृह मन्त्रालयले १६ जना डीआईजीहरुको सरुवा गरेसँगै ७ वटै प्रदेशका प्रहरी प्रमुख परिवर्तन भएका छन् । 

कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेशमा विष्णु कुमार केसी र गण्डकीमा विकाश राज खनाललाई सरुवा गरिएको छ । कुवेर कडायतलाई लुम्बिनी, लालमणी आचार्यलाई कर्णाली र रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

डीआईजीहरु सुरेन्द्र मैनाली नेपाल प्रहरी शिक्षालय भरतपुर, बुद्धिराज गुरुङ अख्तियार, किरण राणा सीआईबी र राजेश बास्तोला प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *