बिहानै दुखद समाचार, त्रिशूली नदिमा गाडी खस्याे, उद्दार प्रयास जारी
थानकोट ।
मुग्लिन-नारायणगढ सडक खण्डको ३ नम्बर पुलबाट त्रिशूली नदिमा मंगलबार बिहान गाडी खसेको छ । स्थानीयले गाडी खसेको बताएपछि उद्दारका लागि प्रहरी तथा सेनाको टोली अहिले सो स्थानमा पुगेको छ ।
अहिले घटनास्थलमा सशस्त्र प्रहरीको विपद् उद्धार टाेली नदिभित्र पसेको छ ।
प्रत्यक्षदर्शीकाे प्रारम्भिक अनुमान अनुसार भारतीय नम्बरकाे गाडी नदिमा खसेकाे हुन सक्दछ । घटनास्थलमा दुर्घटनास्थलमा गाडीका केहि अवशेष भेटिएका छन् । यद्यपी ती अवशेष अहिलेका हुन वा पुराना हुन यकिन हुन सकेको छैन् ।
तस्बिर: विनाेद श्रेष्ठ













