कीर्तिपुर नगरपालिका तथा मातहतका सबै कार्यालयमा भाेलि साेमबार शाेक बिदा
थानकोट ।
काठमाडौंकाे कीर्तिपुर नगरपालिकामा भाेलि साेमबार शाेक बिदा दिइएको छ ।
आइतबार साँझ एक सूचना जारी गर्दै नगरपालिकाले नगरकाे स्वास्थ्य सेवा अन्तर्गत पाँगा बालकुमारी स्वास्थ्य चाैकीमा कार्यरत कर्मचारीकाे निधन भएको शाेकमा साेमबार नगरक्षेत्रमा बिदा घाेषणा गरेको हाे ।
अनमी देवकी सुवेदीको आइतबार निधन भएकाे शाेकमा भाेलिका लागि नगर कार्यपालिकाकाे कार्यालय, वडा कार्यालय तथा मातहतका सबैका बिदा दिइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ।














