नेपाली यु-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

Thankot Times

थानकोट ।

नेपाली ‘यु-१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी-२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने  जानकारी दिएको हो ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु-१९ गल्र्स टी-२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ ।

उक्त शृङ्खलामा नेपाल यु-१९ महिला टोलीका साथै भारत यु-१९ महिला ‘ए’ र भारत यु-१९ महिला ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *