आज देशको पहाडी भू-भागमा वर्षाकाे सम्भावना

Thankot Times

थानकोट ।

आज देशको पहाडी भू–भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार बिहानैदेखि देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा तथा मधेश प्रदेशका धेरै भु–भागहरूरुमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *