कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान
थानकोट ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ।
तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
बुधबार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी देशको हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
फाइल फोटोः प्रकाश गोपाली














