बाक्लो तुसाराे परिरहेको चन्द्रागिरि क्षेत्रमा पानी पर्ने सम्भावना कति ?

Thankot Times

थानकोट ।

आज बिहानैदेखि तराईका भू–भागमा वाक्लो हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले अघि बिहान ६ बजे सार्वजनिक गरेको मौसम सम्बन्धी जानकारी अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ। यस्तै कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौंको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । कामाठमाडौंमा वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “काठमाडौंमा वर्षाको सम्भावना छैन । घाम लाग्ने देखिन्छ । सामान्य बदली भने हुनेछ,” उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *