आज बिहान पनि उस्तै चिसाे, कस्तो रहला दिनभरकाे अवस्था ?

Thankot Times

थानकोट ।

देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।  बाँकी भू–भागमा मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज बिहान ५ः४५ को काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । आइतबार काठमाडौंमा यो वर्षकै हालसम्मको न्यून तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो ।

विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *