७९ वर्षअघि काठमाडाैंमा हिउँ पर्दा धोर्सिङ-मातातीर्थ रोप-वे समेत बन्द भएको थियो
थानकोट ।
वि.सं.२००१ साल पौष २३ (तदनुसार सन् १९४५ जनवरी ६) शनिबार बिहानैदेखि पर्न थालेको हिउँका कारण त्यतिबेला सिंगो काठमाण्डौंले नै सेतो च्यादर ओढेको झैँ सेताम्मे देखिन्थ्यो।
बाक्लो हिउँका कारण धोर्सिङ-मातातीर्थ रोपवे समेत बन्द भएको थियो।
त्यस्तै सडकभर बाक्लो हिउँ जमेकाले बाटो समेत अवरुद्ध थियो। उक्त हिउँ करिब एक सातासम्म रहेको थियो ।
काठमाण्डौं नजिक रहेको भीमफेदीको अवस्था समेत उस्तै थियो।
अत्यधिक चिसोका कारण भीमफेदीमा ३ जना मानिसहरुले ज्यान समेत गुमाएका थिए।
सो हिउँ परेको रात महाकवि लक्ष्मीप्रसाद देवकोटाले तुषार वर्णन भन्ने खन्डकाव्य लेखेका थिए रे समेत भनिन्छ ।
यसैगरी सोही हिउँ परेको कल्पना गर्दै हिउँको झझल्को दिनको लागि नै नारायणहिटी दरबारको पश्चिम ढोकाको दुवै खम्बा माथि हिउँ पोतिएको जस्तो पारेको पनि भन्ने गरिन्छ ।













