चन्द्रागिरिमा हिजाे भन्दा आज झन् चिसाे, पानी पर्ने सम्भावना भने न्यून

Thankot Times

थानकोट ।

देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदल रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रहेको थियो ।

“आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना भने छैन,” मौसमविद् गोविन्द झाले भने, “पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेकाले आज वर्षाको सम्भावना भने छैन ।”

विभागले दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *