मुग्लिन-नारायणगढ सडक आजदेखि दिउँसो बन्द नहुने
थानकोट ।
दैनिक चार घण्टा बन्द हुँदै आएको मुग्लिन-नारायणगढ सडक आजदेखि बन्द नहुने भएको छ ।
तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ ।
साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो ।
गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।
तस्बिरः विनोद श्रेष्ठ













