वडाध्यक्ष महर्जनको निधनमा कीर्तिपुर नगरमा आज स्थानीय शाेक बिदा
थानकोट ।
कीर्तिपुर नगरपालिकाले आज नगरक्षेत्रमा शाेक बिदा दिएको छ ।
कीर्तिपुर नगरपालिका १ का वडाध्यक्ष हिरालाल महर्जनको बुधबार राति निधन भएपछि नगरले आज शाेक बिदा दिने निर्णय गरेकाे हाे ।
शोकमा कीर्तिपुर नगर, वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन
महर्जनको आज नै अन्त्येष्टि गर्ने तयारी भएकाे कीर्तिपुर नगरपालिकाले जनाएको छ। ६० वर्षीय महर्जन क्यान्सरका कारण दिवंगत भएको बताइएको छ ।











