भ्लादिमिर पुटिन पाँचौं कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित
थानकोट ।
रुसी राष्ट्रपतिमा भ्लादिमिर पुटिन निर्वाचित भएका छन् ।
तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनी पाँचौं कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका हुन्।
रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् ।
जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् ।
उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो ।










