पछिल्लो २४ घण्टामा चन्द्रागिरि वरपर कति पर्‍यो पानी?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा अहिले बिहान आंशिक बदलीसहित घाम लागिरहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीका कारण मध्य र पूर्वी क्षेत्रमा बुधबारदेखि नै वर्षा भइरहेको छ।

काठमाडौंमा हिजो बिहानदेखि रातिसम्मै हल्का वर्षा भएको छ। केही स्थानमा हल्का र केही स्थानमा मध्यम वर्षा भएको छ।

बुधबार दिउँसोदेखि परेको झरी बेलुका रोकिएर राति २ बजेदेखि पुनः सुरू भएको थियो ।

महाशाखाको वेभसाइटमा उल्लेख भएअनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा पछिल्लो २४ घन्टामा १३ मिलिमिटर पानी परेको छ।

काठमाडौं धाप बाँध आसपास ११.८, बबरमहल क्षेत्रमा ११.८,  कीर्तिपुरमा ११.८, कपन क्षेत्रमा ९.६, बूढानीलकण्ठ क्षेत्रमा ६.८ र सुन्दरीजल क्षेत्रमा २.४ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै ललितपुरको गोदावरीमा २०.२, लेलेमा २१.६, खुमलटारमा ३.६ मिलिमिटर वर्षा मापन भएको छ।

आज अपराह्नपछि पनि काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ