राष्ट्रिय भूमि आयोग विघटन गर्नेे सरकारको निर्णय
थानकोट ।
नेपाल सरकारले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग विघटन गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्को आयोग गठन गर्नुपर्ने भएकाले केही दिनका लागि आयोग विघटन गर्ने निर्णय भएको जानकारी दिइन् ।
बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्न ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगको म्याद १५ (पन्ध्र) दिन अर्थात् २०८० चैत २५ सम्म थप गर्ने निर्णय गरेको छ । यससहित बिहीबारको बैठकले १६ वटा निर्णय गरेको छ ।
यस्ता छन पछिल्लोपटक बसेको मन्त्रीपरिषद्का निर्णयहरूः











