ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

Thankot Times

थानकोट । 

पूर्वी एशियाली मुलुक ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । 

भूकम्पपछि ६.५ म्याग्निच्युडसहितका थुप्रै ठूला परकम्प आइरहेको बीबीसीले जनाएको छ ।

भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन भने बाँकी छ । यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ । सरकारले राहत र क्षति न्यूनीकरण गर्न सैन्य फौज पठाइएको मन्त्रालयले जनाएको छ । 

ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका प्रवक्ताका अनुसार यो २५ वर्षयताकै ताइवानमा आएको सबैभन्दा ठूलो भूकम्प हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ