बजेट वक्तव्य प्रस्तुत गर्ने मिति नजिकिँदै गर्दा अर्थ मन्त्रालय प्रवेशमा कडाइ

Thankot Times

थानकोट ।

अर्थ मन्त्रालय प्रवेशमा कडाइ गरिएको छ ।

बजेट निर्माणलाई ध्यान दिएर मन्त्रालय प्रवेशमा कडाइ गरिएको जनाइएको छ । 

“बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् ।

हाल तयारीका कार्यहरू जारी छन्,” अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, “बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौँ ।”

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो । 

यही जेठ १५ गते संघीय संसद्को बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ