नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका २ नागढुंगा चेकपोस्टमा ७५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा सवार भारतको दार्जिलिङ जिल्ला, सिलगुडी चम्पासारी बस्ने ३४ वर्षीया मोना राय र २६ वर्षीय पंकज बोसलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
उनीहरूले लुकाईछिपाई ल्याएको प्रतिबन्धित लागू औषध ब्राउन सुगरजस्तो देखिने ७५ ग्राम गिलो पदार्थ बरामद गरिएको हो।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।










