न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेश मन्त्री विन्स्टन पिटर्स आज नेपाल आउँदै
थानकोट ।
न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेश मन्त्री विन्स्टन पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा बुधबार अपराह्न काठमाडौं आउँदै छन् ।
पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आजै साँझ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग उनले द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उनको सम्मानमा परराष्ट्रमन्त्री डा. राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।
न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।












