१८ औँ गणतन्त्र दिवसका अवसरमा गुर्जुधारामा नेकपा एमालेद्वारा दीप प्रज्ज्वलन
थानकोट ।
१८ औँ गणतन्त्र दिवसका अवसरमा बिहीबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
गणतन्त्र दिवसका अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइयो ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो।
यसैबीच १८ औं गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेले बिहीबार साँझ चन्द्रागिरि नगरमा दीप प्रज्ज्वलन गरेको छ ।
गुर्जुधारामा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा सो पार्टीका नेता कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा एमालेका अग्रज नेता रामशरण आलेमगरले मुलुकमा गणतन्त्र प्राप्तिपछि चन्द्रागिरि नगरमा भएका विकास निर्माण लगायतका विषयमा चर्चा गरे ।
दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले मुलुकमा गणतन्त्र संस्थागत भएसँगै संवृद्धिको यात्रा सुरु भएकोले मुलुक अब पछाडी नफर्कने दिशातर्फ अग्रसर भइरहेको धारणा राखे ।
नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा यो दिवस मनाइने गरिएको छ ।












