राजसंस्था पक्षधरले आज काठमाडाैंको सिफलमा प्रदर्शन गर्ने

Thankot Times

थानकोट ।

राजसंस्था पक्षधरहरूले मंगलबार काठमाडौँको सिफलमा प्रदर्शन गर्ने भएका छन्।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सोमबार बेलुका विज्ञप्ति जारी गर्दै भोलिको आन्दोलन सिफल चौरमा दिउँसो २ बजेदेखि सुरु हुने जानकारी गराएको छ।

राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित उनीहरूले जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्।

आज भने उनीहरूले कुनै आन्दोलनको कार्यक्रम राखेका थिएनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *