स्कुले विद्यार्थीको घाँटीमा टाई झुन्ड्याइदिने चलन हटाउन सांसद् श्रेष्ठको माग
थानकोट ।
बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठले स्कुले विद्यार्थीहरूको घाँटीमा टाई झुन्ड्याइदिने चलन अन्त्य हुनुपर्ने धारणा राखेकी छन् ।
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन अन्तर्गतको दशाैं बैठकमा बुधबार सांसद्हरुले आ-आफ्नो धारणा राख्ने क्रममा समय लिएर बोल्दै सांसद् श्रेष्ठले सो धारणा राखेकी हुन् ।
नेपालमा टाई लगाउने चलन विदेशीको नक्कल मात्रै भएको उनको भनाइ थियो ।
गर्मीयाममा टाई नलगाउँदा कति सकस छ, झन ती विद्यार्थीहरूको घाँटीमा टाई झुन्ड्याइदिँदा कति सकस हुँदो हो, म बागमती प्रदेश सरकारले विद्यार्थीहरूलाई टाई लगाउने चलन अन्त्य गरोस भन्नेमा जोडदार माग गर्दछु- सांसद् श्रेष्ठले भनिन् ।












