प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र विपक्ष दलहरुबीच कुरा नमिलेपछि बैठक बस्न नसकेको हो। 

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी र सत्तापक्ष दलबीच आज भएको छलफल निष्कर्षविहीन भएको थियो।    

यसअघि बिहीबार बसेको बैठकमा विपक्ष दलहरूले अवरुद्ध गरेपछि स्थगित भएको थियो।

सदन अवरुद्ध हुँदा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल हुन सकेको छैन्।  

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखले राजीनामा दिनुपर्ने, संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएका छन्।

तर सत्तापक्षले भने गृह मन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताउँदै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *