यस्तो बन्यो अनेरास्ववियुको २०१ सदस्यीय निर्वाचित केन्द्रीय कमिटी

Thankot Times

थानकोट ।

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै डा. सुजन कडरिया अध्यक्ष निर्वाचित भएका छन्।

डा. कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत मात्र पाए ।

अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा डा कडरिया र पौडेलले प्यानल सहित प्रतिस्पर्धा गरेका थिए ।

पदाधिकारीमा पनि अधिकांश कडरिया प्यानलकै निर्वाचित भएका छन् ।

महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुलातर्फ विकास श्रेष्ठ निर्वाचित हुँदा महासचिवमा दीपक धामी निर्वाचित बने ।

उपमहासचिवमा कमल जोशी पौडेल प्यानलबाट निर्वाचित भए । चार सचिव पदमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान निर्वाचित हुँदा निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला निर्वाचित भए भने आयोगको उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा आयोग अध्यक्षमा अञ्जली लम्साल निर्वाचित भइन् । उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित भए। अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे र उपाध्यक्षमा आकाश गिरी निर्वाचित भए भने सचिवमा स्मृति अधिकारी निर्वाचित भएकी छन् ।

निर्वाचनमार्फत अनेरास्ववियुको १५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ, भने आयोगका अध्यक्ष र पदाधिकारी पनि निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *