आज राति काठमाडौंमा घनघाेर वर्षा हुने प्रक्षेपण
थानकोट ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल गण्डकी प्रदेशसहित पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । कास्की, लमजुङ, पर्वत, म्याग्दी, पाल्पा, प्यूठान, रोल्पा, अर्घाखाँची, डोटीलगायत ठाउँमा हाल वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिमका थोरै तथा गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
वर्षा हुने क्षेत्र आसपासमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।












