अमेरिका पठाइदिने भनी साढे ३८ लाख ठगी, थानकोट बस्ने महिला पक्राउ

Thankot Times

थानकोट ।

रोजगारीका लागि अमेरिका लैजाने नाममा एकै व्यक्तिबाट ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक महिलालाई पक्राउ गरेको छ।

अमेरिका लैजाने भनी लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएको आरोपमा रोल्पा घर भई काठमाडाैंको थानकोट बस्ने निर्मला कुमारी श्रेष्ठ पक्राउ परेकी हुन्।

बुधबार टेकुबाट पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ।

उनले पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुलेको छ।
पक्राउ परेका श्रेष्ठले रकम लिएपछि पीडितलाई लामो समयसम्म झुक्याएर राखेको तथा विदेश पठाउन छाडेर सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *