चन्द्रागिरि अधिकांश क्षेत्रमा जेठ २९ बाट लगातार ३ दिन घण्टाैं विद्युत अवरुद्ध हुने तालिका सार्वजनिक

Thankot Times

थानकोट ।

चन्द्रागिरिका अधिकांश क्षेत्रमा जेठ २९, ३० र ३१ गते घण्टाैं विद्युत अवरुद्ध हुने तालिका सार्वजनिक भएको छ ।

नेपाल विद्युत प्राधिकरण १३२ केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना मातातिर्थले आज (बिहीबार) गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोजनाको स्यूचाटार सबस्टेशनदेखि मातातिर्थ सबस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार बदली गर्ने कार्य गर्न विद्युत सेवा बन्द गर्न लागिएको हो ।

जसअनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतका फिडरहरू क्रमशः थानकोट र सतुङ्गलका विभिन्न क्षेत्रमा जेठ २९ गते शुक्रबार, जेठ ३० गते शनिबार र जेठ ३१ गते आइतबार बिहान ९ः३० बजेदेखि दिउँसो १ बजेसम्म बिजुली आपूर्ति बन्द हुनेछ ।

माैसम प्रतिकुलता रहेमा निर्धारित समय हेरफेर हुनसक्ने साथै, निर्धारित समयमै कार्य सम्पन्न गर्नका लागि यथासम्भव प्रयास गरिने समेत प्राधिकरणले जनाएको छ ।

थानकोट फिडरअन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नं. १४ को कार्यालय आसपास, बालकुमारी मन्दिर, सशस्त्र प्रहरी बल कार्यालय, सिजी, पुरानो नेैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राईट फ्युचर, बाईछाप, यातायात, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास, श्रृजना चोक क्षेत्र रहेका छन् भने सतुंगल फिडर धौलागिरी गेट आसपास, सिंचाफाँट, शिबमन्दिर आसपासका क्षेत्रमा आपूर्ति बन्द हुनेछ ।

हेराैं कहाँ कहाँ हुनेछ विद्युत आपूर्ति बन्दः


Leave a Reply

Your email address will not be published. Required fields are marked *