प्रतिनिधि सभा सदस्य निर्वाचनः मकवानपुर २ मा एमालेबाट महेश बर्ताैलाले पाए टिकट
थानकोट ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही क्षेत्रबाहेकका ठाउँमा उम्मेदवारको नाम तय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट र सभामुख देवराज घिमिरे झापा–२ बाट उम्मेदवार बनेका छन्।
सचिव महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार बनेका छन्।
मकवानपुर १ मा रामेश्वर राना, मकवानपुर २ मा महेश बर्तौलाले टिकट पाएका छन् । बर्ताैला यसअघि पनि सो क्षेत्रका सांसद् हुन् ।














