सङ्घीय संसद्काे दुवै सदनबाट पारित भयाे आउँदो आर्थिक वर्षको बजेट

Thankot Times

थानकोट ।

आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको छ ।

यसअघि प्रतिनिधि सभामा पारित भएर प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८३ आज राष्ट्रियसभाबाट पनि पारित भएको हो ।

यस्तै बजेटसँग सम्बन्धित विधेयकहरू – राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक २०८३ पनि पारित भएका छन् ।

अब सरकारलाई आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन अर्थात् खर्च र आम्दानी दुवैको बाटो खुलेको छ ।

आजको बैठकमा ३ वटै विधेयक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभा बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले तय गरेको १०० बुँदे कार्ययोजनामध्ये ८७ दशमलव २ प्रतिशत काम पूरा भएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *