काँग्रेस-एमालेबीचको सहमतिअनुसार बागमती प्रदेश सरकार पुनर्गठनको तयारी

Thankot Times

थानकोट ।

नेपाली काँग्रेस र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीसम्बन्धी पूर्वसहमतिको कार्यान्वयनस्वरूप मधेस प्रदेशबाहेक अन्य प्रदेशमा सरकार पुनर्गठनको तयारी भइरहेको दाबी गरिएको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले काँग्रेस-एमालेबीच आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार साउनको पहिलो सातादेखि अधिकांश प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।

उनका अनुसार मधेस प्रदेशमा हालै मात्र नयाँ सरकार गठन भएकाले त्यहाँ तत्काल नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको बताए ।

नेता थपलियाले सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन क्रमशः अघि बढ्ने धारणा राखे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *