सरकारी कार्यालयमा झन्झट र लाइन अन्त्य गर्न गगन थापाले अगाडि सारे पाँच योजना

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले सेवा लिँदा सरकारी कार्यालयमा हुने झन्झट र लाइन अन्त्य गर्नका लागि पाँच वटा योजना अगाडि सारेका छन् ।

कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका थापाले आफू सरकारको नेतृत्वमा आएपछि गर्ने कामबारे जानकारी दिन सामाजिक सञ्जालमा जारी गरेको भिडियो सन्देशमा सभापति थापाले सरकारी कार्यालयमा हुने झन्झट अन्त्यको योजना सुनाएका हुन् ।

‘नापी मालपोतको कार्यालय जाँदै गर्दा होस् वा पासपोर्ट लाइसेन्स लिँन जाँदै गर्दा होस् या युनिभर्सिटीको सर्टिफिकेट लिन जाँदै गर्दा होस् लामो लाइनमा बस्नुपरेको, पालो कहिले आउँछ भनेर कुर्नुपरेको, टन्न कागजात बोकेर गएको र अन्तिममा जाँदा यो कागजात मिलेन भनेको, कहिलेकाहीँ सेवा टाइममा लिनका लागि अतिरिक्त शुल्क टेबलमुनिबाट तिर्नुपरेको यस्तै यस्तै अनुभव हामीहरू धेरै भोगेका छौँ,’ थापाले भने, ‘यिनै अनुभवहरूका आधारमा अब के गर्न सकिन्छ भनेर स्पष्ट योजनाका साथ म आएको छ ।’

यो समस्या समाधानका लागि पाँचवटा योजना अगाडि सारेका छन् । जसमा,

१) डिजिटल संरचनामा लगानी गर्ने,

२) स्थानीय तह, प्रदेश र केन्द्र सरकारमा एउटै अवधारणाअनुसार काम गर्ने,

३) वान सिटिजन, वान आईडी,

४)  सरकारी डाटाबाटै इन्टर अपरेडको व्यवस्था गर्ने,

५) वान्स् वन्ली प्रिन्सिपल रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *