खानीखोलाबाट काठमाडाैंतर्फ आउँदै गरेका धादिङका दुई युवा मसिने देउरालीमा समातिए

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-०२ मसिने देउरालीबाट धादिङका दुई जना युवालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडाैंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार असार ५ गते साँझ ५ बजे धादिङबाट काठमाडाैंतर्फ आउँदै गरेको बाप्र ०२ ०३५ प ७९३६ नम्बरको मोटरसाइकललाई जाँच क्रममा मोटरसाइकल छाडी भागेका दुई जना युवा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सो मोटरसाइकलमा लागुऔषध जस्तो देखिने वस्तु ६ केजी बरामद भएको छ ।

मोटरसाइकल छाडेर भागेका ती २४ वर्षीय र २२ वर्षीय युवा सोही दिन साँझ ६ बजे समातिएका थिए । 

उनीहरू दुवै धादिङका स्थानीय भएको बताइएको छ ।

पक्राउ परेका दुवैमाथि प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सो सडक नाैबिसे-नागढुङ्गा सडक खण्डको तुलनामा छोटो र साना सवारीसाधनका लागि वैकल्पिक मार्गका रुपमा रहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *