फिफा विश्वकप फुटबल २०२६: सेनेगल र फ्रान्सको सहज जित, उसमान डेम्बेको ह्याट्रिक गोल

Thankot Times

थानकोट ।

जारी फिफा विश्वकप फुटबलमा सेनेगलले इराकलाई ५ गोलको फराकिलो अन्तरले हराएको छ । यो जितसँगै समूह ‘आई’ मा ३ खेलबाट ३ अङ्क जोडेको सेनेगल तेस्रो स्थानमा छ ।

यो समूहबाट फ्रान्स र नर्वे नकआउट चरणमा पुगिसकेका छन् । गोल अन्तर सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट ८ टोलीमध्ये एक बन्ने सम्भावना छ । यसका लागि अरू नतिजामा भर पर्नेछ । सेनेगलका पापे गइएले दुई तथा हबिब डियरा, इस्माइला सार र इलिमान एनडिएले समान एक/एक गोल गरे ।

सेनेगल विश्वकप फुटबलमा एकै खेलमा ५ गोल गर्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ ।

फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ ।

लगातार तेस्रो खेल जितेको फ्रान्स समूह ‘आई’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । यो समूहबाट साबिक उपविजेता फ्रान्ससहित नर्वे यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए । गएरातिको खेल समूह विजेता बन्नका लागि निर्णायक थियो ।

यो खेलमा फ्रान्सका उसमान डेम्बेले ह्याट्रिक गरे । उनले खेलको ७ औँ, २० औँ र ३२ औँ मिनेटमा गोल गरे । उनले पहिलो हाफको ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाए । विश्वकपमा सबैभन्दा छिटो ह्याट्रिक गर्ने कीर्तिमान भने अस्ट्रियाका एरिक प्रोब्स्टको नाममा छ । उनले सन् १९५४ को विश्वकपमा २४ मिनेटभित्र ह्याट्रिक गरेका थिए ।

त्यस्तै फ्रान्सका लागि डिजायर डोएले दोस्रो हाफको इन्जुरी समयमा एक गोल थपे । नर्वेका थेलो आसगार्डले एक गोल फर्काए । नर्वेले यो खेलमा एर्लिङ हालान्डलाई विश्राम दिएको थियो । यो विश्वकपमा यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानडा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए ।

विश्वकप फुटबलमा गए राति नै भएको अर्को खेलमा सेनेगलले इराकलाई ५ गोलअन्तरले हराएको छ । यो समूहमा लगातार तीन खेलमा पराजित इराक भने बाहिरिएको छ ।


विश्वकप फुटबलमा अहिले समूह ‘एच’ का २ वटा खेल भइरहेका छन् ।

अमेरिकाको हस्टन रङ्गशालामा नवप्रवेशी केब भर्डे र साउदी अरब तथा मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा उरुग्वे र स्पेनले खेलिरहेका छन् ।

तालिकामा स्पेन ४ अङ्कसहित शीर्ष, समान २ अङ्कसहित उरुग्वे दोस्रो तथा केब भर्डे तेस्रो र १ अङ्कसहित साउदी अरब पुछारमा छ । त्यस्तै अहिले बिहान पौने ९ बजे समूह ‘जी’ का २ वा खेल हुँदैछन् ।

क्यानडाको बीसी प्लेस भ्यानकुभरमा न्युजिल्यान्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रङ्गशालामा इजिप्ट र इरानबीच अहिले बिहान पाैने ९ बजे खेल सुरु हुनेछ ।

तालिकामा इजिप्ट ४ अङ्कसहित शीर्ष, समान २ अङ्कसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा १ अङ्कसहित न्युजिल्यान्ड पुछारमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ