प्रस्ट योजना भएरै ‘कीर्तिपुरको डाँडामा बसेर ३/४ लाख कमाउन सकिन्छ’ भनेको थिएँ : गगन थापा

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसमा सभापति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

थापाले ‘कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर ३/४ लाख कमाउन सकिन्छ’ भनी दिएको अभिव्यक्तिलाई स्मरण गर्दै सामाजिक सञ्जालमार्फत आईटी क्षेत्रबारे धारणा सार्वजनिक गरेका हुन् ।

यसअघिको सरकारले पनि नेपालको आईटी क्षेत्र सुधारका लागि केही महत्त्वपूर्ण काम गरेको तर ती कामलाई निरन्तरता दिन नसकिएको बताउँदै अब आईटी क्षेत्रका अधुरा काम पाँच वर्षमा पूरा गर्ने बताएका छन् । त्यसका लागि आईसीटीको क्षेत्रमा निश्चित करको व्यवस्था गर्नुपर्ने, मानवस्रोत विकास गर्नुपर्ने बताएका छन् ।

‘पाँच वर्षभित्रमा करिब ४ खर्ब बराबरको आईटी तथा डिजिटल सेवाहरूको निर्यात गर्ने कुरा सम्भव छ । दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगार सिर्जना गर्न सक्ने अवस्था छ । करिब दुई सय भन्दा बढी नेपाली आईटी कम्पनी नेपालभन्दा बाहिर विस्तार हुन सक्छन् भने कम्तिमा दुईदेखि तीनवटा आईटी कम्पनी धितोपत्रमा सूचीकृत हुने अवस्था पाँच वर्षमा बन्छ’, थापाले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *