नेपाली कांग्रेसको अनुशासन समिति बैठक शुक्रबार बस्ने
थानकोट ।
नेपाली कांग्रेसको अनुशासन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
अनुशासन समितिको बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस पार्टी कार्यालयका कार्यवहाक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८२ फागुन ८ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

















